लुक्ला विमान दुर्घटना अपडेट : २ जनाको घटनास्थलमै मृत्यु

लुक्ला विमान दुर्घटना अपडेट : २ जनाको घटनास्थलमै मृत्यु

सोलुखुम्बु : तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । पार्किङ गरी राखिएको हेलिकोप्टसँग आज विहान साढे ९ बजेतिर उड्न लागेको समिट एयरको विमान ठोकिएको हो।

विमानको सदस्यदलमा पाइलट र को–पाइलट मात्र थिए । प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

एयरको विमान चिप्लिएर ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । समिट एयरको जहाज मनाङ र श्री एयरको हेलिकप्टरसँग ठोक्किएको हो । विमान कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ ।


सम्बन्धित समाचार


नयाँ वर्षकै दिन लुक्लामा विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी


 

विमान दुर्घटना लुक्ला विमानस्थल समिट एयर

संम्बधित खबर

विशेष