News

लुक्ला विमान दुर्घटना अपडेट : को-पाइलट र असइको मृत्यु, घाइते तीनलाई त्रिवि शिक्षण अस्पताल पठाइयो

लुक्ला विमान दुर्घटना अपडेट : को-पाइलट र असइको मृत्यु, घाइते तीनलाई त्रिवि शिक्षण अस्पताल पठाइयो

सोलुखुम्बु : तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । विमानका को-पाइलट र विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मुत्यु हुनेमा विमानका को-पाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी असई रामबहादुर खड्का रहेका छन् । को–पाइलट ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । पार्किङ गरी राखिएको हेलिकोप्टसँग आज बिहान साढे ९ बजेतिर उड्न लागेको समिट एयरको विमान ठोकिएको हो।

घाइते हुनेमा ड्युटीमै खटिएका प्रहरी असई रुद्रबहादुर श्रेष्ठ, समीट एयरका पाइटल रवीनाथ रोकाया र मनाङ एयर हेलिकोप्टरका पाइटल चेतबहादुर गुरुङ रहेका छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय शोलुखुम्बुले जनाएको छ।

घाइते पाइटल रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरबाट र पाइलट गुरुङलाई भने मनाङ एयरको हेलिकोप्टरबाट शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। उनका अनुसार घाइते तीनै जनाको अवस्था गम्भीर रहेको छ ।


सम्बन्धित समाचार


    पाइलटका कुराः जहाज अलिकति हल्लिदैंमा आत्तिन पर्दैन 


    लुक्ला विमान दुर्घटना अपडेट : २ जनाको घटनास्थलमै मृत्यु


    नयाँ वर्षकै दिन लुक्लामा विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी


 

लुक्ला विमानस्थल बिमान दुर्घटना घाइते

विशेष