News

बिहानबिहानै भूकम्पको धक्का महसुस

बिहानबिहानै भूकम्पको धक्का महसुस

बझाङ । बझाङ केन्द्र केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । 

सोमबार बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ भएको केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो । आसपासका जिल्लासम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

भुकम्प

विशेष