News राजनीति

बारा–पर्सा हावाहुरीः अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

बारा–पर्सा हावाहुरीः अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्डले बारा र पर्सामा हावाहुरीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले प्रभावित जनतालाई क्षतिपूर्ति र उपचारका लागि व्यवस्था गर्न आग्रहसमेत गरेका छन् ।

 

प्रचण्डले विज्ञप्तीमार्फत भनेका छन्, ‘बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सॉझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछु । ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ आइतबार आएको हावाहुरीका कारण बारा र पर्सामा कम्तिमा २७ जनाको ज्यान जानुका साथै ५ सय बढी घाइते भएका छन् ।

प्रचण्ड हावाहुरी नेपाल कम्युनिष्ट पार्टी

विशेष