News

सिक्टा सिँचाइ अनियमितता प्रकरण : ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण

सिक्टा सिँचाइ अनियमितता प्रकरण : ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण

काठमाडौं । ठेकेदार र कर्मचारीको मिलेमतोमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल निर्माण सामग्रीको प्रयोग र गुणस्तरहीन काम भएको पाइएको छ। महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उक्त आयोजनाको मूल नहर भत्कनुको मुख्य कारण कमसल निर्माण सामग्रीको प्रयोगलाई औंल्याइएको हो।

 

ठेकेदार कम्पनी र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण सामग्री प्रयोग गरिँदा मूल नहर भत्किएको महालेखाले ठहर गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित छानबिन समितिलाई हवाला दिँदै महालेखाले १७ देखि ३५ किलोमिटर खण्डको मूल नहर भत्केको प्रतिवेदनमा उल्लेख गरेको छ।

 

मूल नहर निर्माण गर्दा माटोलगायतका निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्ने कर्तव्य परामर्शदाता, निर्माण व्यवसायी र आयोजना प्रमुखको भएपनि उनीहरूले मिलेमतो गरी परीक्षण नगरेका कारण बाँध भत्किएको महालेखाको प्रतिवेदनमा छ।  प्रतिवेदन अनुसार नहरको पश्चिम खण्डको हस्तान्तरणपश्चात निर्माण व्यवसायीले त्रुटी सच्चाउने अवधिमा गर्नुपर्ने ६६ प्रकारका काम गरेको थिएन। ‘सुरुको त्रुटि सच्याउने अवधि एक वर्षभित्र निर्माण व्यवसायीले त्रुटी नसच्याएको र त्रुटी सच्याउने अवधिसमेत थप गरेको देखिएन,’ प्रतिवेदनमा भनिएको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

सिक्टा सिँचाइ आयोजना अनियमितता

विशेष