News

नयाँ ट्याक्सी दर्ता खुलाउने तयारीमा यातायात मन्त्रालय

नयाँ ट्याक्सी दर्ता खुलाउने तयारीमा यातायात मन्त्रालय

काठमाडौं । सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा ट्याक्सी दर्ता खुलाउन मन्त्रालयसँग पहलकदमी गरिरहेको बताए । 'उपत्यकामा नयाँ ट्याक्सी दर्ता खोल्ने विषयमा छलफल भइरहेको छ' उनले भने, 'अहिलेसम्म नयाँ ट्याक्सीको दर्ता खुलाएने विषयमा आधिकारिक निर्णय भएको छैन। तर छलफलकै क्रममा छ।'

उनका अनुसार नयाँ ट्याक्सी दर्ता कुन मोडेलमा खोल्ने विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक निर्णय भएको छैन्। 'विभागले नयाँ ट्याक्सी दर्ता खोल्ने विषयमा विभिन्न चरणको छलफल गरिरहेको छ' उनले भने, 'मन्त्रालयले नयाँ ट्याक्सी दर्ता खोल्ने प्रस्ताव क्याबिनेटमा पठाउनपर्ने हुन्छ। उक्त प्रस्ताव क्याबिनेटबाट स्वीकृत भएसँगै मात्रै कार्यान्वयनमा आउनेछ।' उलने भने। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

ट्याक्सी

विशेष