News कभर स्टोरी भिडियो

समता स्कूललाई दिएको बिश्व कीर्तिमानको प्रमाणपत्र सक्कली : डब्ल्यूबिआर (भिडियोसहित)

समता स्कूललाई दिएको बिश्व कीर्तिमानको प्रमाणपत्र सक्कली : डब्ल्यूबिआर  (भिडियोसहित)

काठमाडौं ।

वल्र्ड बुक अफ रेकर्ड (डब्ल्यूबिआर) ले काठमाडौंमा संचालित समता बिद्यालयलाई प्रदान गरिएको प्रमाणपत्र सक्कली भएको जनाएको छ । 

नेपालआजसंग कुरा गर्दै डव्ल्यूबिआरका नेपाल प्रतिनिधि सागर कटुवालले समता बिद्यालयलाई प्रदान गरिएको प्रमाणपत्र सक्कली भएको दाबी गरेका हुन् । बजारमा आएका सबै हल्ला गलत भएको भन्दै उनले भने, ‘ कसैले बदनाम गर्ने उद्देश्यले फैलाएको हल्लाको पछि लाग्न जरुरी छैन, हामी फटाह होइनौ । ’

प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधामन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कूललाई  हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली भएको भन्दै बिभिन्न संचार माध्यममा समाचार आएपछि कटुवालले नेपाल आजसंग आफनो प्रष्टिकरण दिएका हुन् । 

 


डब्लुबिआर अन्तर्राष्ट्रिय मान्यता प्राप्त अवार्ड रहेको दाबी गर्दै उनले हचुवाको भरमा नबुझि समाचार संप्रेषण गर्नु गलत भएको बताए । 

‘सतही विश्लेषण गरेर समाचार संप्रेषण गर्नु गलत हो । कुनै पनि विषयमा अध्ययन नै नगरी त्यसको सार तत्व नै नबुझि समाचर बनाउनु राम्रो होइन । गुगल सर्चमा समाचार बनाउँदा त्यसको नकारात्मक सन्देश समाजमा जान्छ । कटुवालले भने, ‘कुनै विरोधीले आफ्नो स्वार्थपूर्तिमा उक्साउन सक्छ, त्यसमा संचार माध्यमले सचेत र चनाखो हुनु जरुरी छ ।’


  
विश्वमा नै सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत समता स्कूलले वल्र्ड बुक अफ रेकर्डको प्रमाणपत्र प्राप्त गरेको थियो । 

उक्त प्रमाणपत्र सन्तोष शुक्ला नाम गरेका एक भारतीयले विश्व रेकर्डमा प्रमाणीकरण गरेका थिए। उनी भारतको सर्वोच्च अदालतको वकिल भनेर उल्लेख गरिए पनि समाचारमा भने रेकर्डको प्रमाणीकर्ता मात्र रहेको बताइएको छ । उनको नाम सर्वोच्च अदालतको सूचीमा नरहेको भनिएकाे छ । 

डब्लुबिआरको नेपाल प्रतिनिधि सागर कटुवाल शुक्ला भारतको सर्वोच्च अदालतको पूर्णकालीन वकिल नभइ आंशिक रूपमा मात्र कानुन व्यवसायमा संलग्न रहेको बताउँछन्। 

यस बारेमा कटुवाल प्रमाण सहित वर्ड बुक अफ रेकर्ड सक्कली रहेको र प्रमाणीकरण गर्ने व्यक्ति समेत आधिकारिक रहेको दाबी प्रस्तुत गर्छन् । 

वर्ड बुक अफ रेकर्ड(डब्लुबिआर)

विशेष