News

ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम

ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका–३, वडागाउँ र ७ को वामीटक्सार जोड्ने निर्माणाधीन पक्की पुल सरकारी प्राविधिकको रेखदेखबिना काम गरिँदा भाँच्चिएको आरोप स्थानीयले लगाएका छन् । नयाँ डिजाइन भएकाले निर्माण व्यवसायीले पनि राम्रोसँग बुझिसकेका थिएनन् भने कामदार आफैं सिक्दै थिए । 

बडीघाट खोलाको फेदीमा बन्दै गरेको पक्की पुल आइतबार दिउँसो ढलान गरिरहेका बेला भाँचिएको थियो । ५८ मिटर लम्बाइको पुल बीचमा भाँचिँदा पाँच जना घाइते भएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय सडक पुल कार्यक्रम (एलआरबीटी) अन्तर्गत ठेक्का भएको पुल हो । यस प्रकारका पुल नेपालमै अहिलेसम्म पाँचवटा माक्रै बन्ने त्रममा छन् । खोला वा नदीको वारि र पारि एबुटमेन्ट हुन्छ । बीचमा ५५–६० मिटरसम्म पनि पायर (पिलर) राखिँदैन । खर्च कम गर्ने हिसाबले यस्ता पुल डिजाइन भएका छन् ।

स्विस सरकारको सहयोग रहेको यस पुलको गुल्मीको तम्घासमा कार्यालय रहेको पूर्वाधार विकास कार्यालयले रेखदेख गर्छ । यही पुलका लागि दुई जना प्राविधिक स्विस सरकारले पनि खटाएको छ । तर, रेखदेख र प्राविधिक रूपमा भने कमजोरी नै देखिने प्राविधिकहरू बताउँछन् । पूर्वाधार विकास कार्यालयका प्रमुख विनोद चौधरीले दुई जना प्राविधिक फिल्डमै खटिएका थिए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।
 

पुल

विशेष