विदेश

पेरिसको साढे ८ सय वर्ष पुरानो चर्चमा भीषण आगलागी

पेरिसको साढे ८ सय वर्ष पुरानो चर्चमा भीषण आगलागी

 

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा रहेको ८ सय ५० वर्षभन्दा पुरानो र विश्वभर चर्चित चर्चमा भीषण आगलागी भएको छ । विश्व चर्चित चर्च नोट्र डाम क्याथेड्रलमा सोमबार राति आगलागी भएको हो । यो चर्च ४५० वर्ष पुरानो हो । आगलागीबाट चर्चको छत गर्ल्यामगुर्लुमै लडेको छ। यद्यपि चर्चको प्रमुख भाग भने सुरक्षित रहेको अधिकारीहरूले जनाएका छन्।

अग्निनियन्त्रकहरु आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । आगो चर्चको पुरै भवनमा फैलिएको थियो । घटनापछि चर्च वरिपरिका भवनहरूलाई खाली गराइएको छ । जिर्णोद्धारका क्रमका चर्चमा आगो लागेको अनुमान गरिएको छ । निक्कै पुरानो भएकाले चर्चको भवन जिर्ण थियो ।

फ्रान्स सरकारले गत वर्ष चर्चको रक्षार्थ सर्वसाधारणसँग आर्थिक सहयोगका लागि अपिलसमेत गरेको थियो । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थलको भ्रमण गर्दै क्याथेड्रलको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सबै फ्रान्सेली मिलेर चर्चलाई पुरानै अवस्थामा फर्काउने उनले बताए ।

प्रहरीले कार्यालयले आगलागीको कारणबारे छानबिन थालिएको जनाएको छ । आगलागीप्रति जर्मन चान्सलर एंगेला मर्केल, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायतले दुःख ब्यक्त गरेका छन् । बर्सेनि लाखौँ पर्यटक नोट्र डाम क्याथेड्रल चर्चको अवलोकनका लागि पुग्ने गर्दछन् ।

पेरिस आगलागी

विशेष