बालुवाटारको जग्गा प्रकरण : अख्तियारमै सेटिङ प्रयास
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो ।
'ललितानिवासको जग्गासम्बन्धी उजुरी छानबिनको लागि अख्तियारले उहाँलाई अनुसन्धान अधिकृत तोकेको थियो', स्रोतले भन्यो 'उहाँका कतिपय क्रियाकलापबारे उजुरी आएपछि निगरानी बढाएका थियौँ, केही क्रियाकलाप पदीय मर्यादा र आचारसहिंताविपरीतको पुष्टि भएपछि यहाँ राख्न ठीक हुँदैन भनेर महान्यायाधिवक्ता कार्यालय फिर्ता गरिदिन आग्रह गरेका हौँ, उहाँ फिर्ता जाँदै हुनुहुन्छ।'
जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ। महान्यायाधिवक्ता अग्नि खरेलको सचिवालयले भने जोशी नियमित सुरुवा भएको प्रतिक्रिया दिएको छ। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।
ललितानिवास अख्तियार दुरुपयोग अनुसन्धान आयोग