News मनोरञ्जन देश प्रदेश ७

महोत्सवको स्टेज भाँच्चिदा मुख्यमन्त्री सहित सम्मानित पाहुना भुईमा लडे, तीन जना घाईते

महोत्सवको स्टेज भाँच्चिदा मुख्यमन्त्री सहित सम्मानित पाहुना भुईमा लडे, तीन जना घाईते

डडेल्धुरा । डडेल्धुरामा महोत्सव मनाउँदै गर्दा महोत्सवको स्टेजनै भाँच्चिदा तीन जना घाईते भएका छन् । डडेल्धुराको अजयमेरु गाँउपालिकामा आयोजित अजयमेरु महोत्सव मनाउँदै गर्दा स्टेज भाच्चिएको हो । 

 

स्टेज भाच्चिदा महोत्सव उद्घाटन गर्न गएका मुख्यमन्त्री त्रिलोचन भट्टसहित विशिष्ट पाहुनाहरु लडेका हुन् । मुख्यमन्त्री सकुशल रहेपनि घटनामा अन्य तीन जना भने घाइते भएका छन् । 

 

घाइते हुनेमा अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त रहेका छन् । घाईते तीनै जनाको सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पतालले जनाएको छ । 

 

मुख्यमन्त्री कार्यक्रम उद्घाटनका लागि स्टेजमै रहेका बेला महोत्सवको स्टेज भाँचिएको हो । स्टेजमा भएकाहरुको प्रहरीले तत्कालै उद्धार गरेको थियो ।

स्टेज भाँच्चिएपछि अवरुद्ध महोत्सव पुनः फेरि संचालन गरिएको र मुख्यमन्त्री भट्टले महोत्सवको उद्घाटन गरेका छन् ।

डडेल्धुरा

विशेष