News

बर्दियामा बैशाख १६ देखि पाँच दिने शिव साधना हुँदै 

बर्दियामा बैशाख १६ देखि पाँच दिने शिव साधना हुँदै 

बर्दिया  । ‘पिण्डेश्वर शिव–लक्ष्मी धाम’ बर्दियाले पाँच दिने “पिण्डेश्वर पाँचौ शिव साधना“को आयोजना गर्ने भएको छ । साधना बैशाख १६ गते देखि २० गतेसम्म पाँच दिन चल्ने शिव–लक्ष्मी धाम बर्दियाकी अध्यक्ष ज्ञानुमाया रिजालले बताइन् । 

 

बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ कोठियाघाटको ओमकारेश्वर शिव पञ्चायन मन्दिर परिसरमा साधनाको आयोजना हुने भएकाले उक्त स्थानमा व्यवस्थापनको काम तीब्र गतीमा भइरहेको अध्यक्ष रिजाले जानकारी दिइन् । परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरू, भक्ति, भजन, संगीत, ध्यान, जप, आराधना, सत्संग र उद्दारमा सहभागी हुनेछन् । 

 

पाँच दिनको बसाईबाट सहभागिहरुले विभन्न रोग, दोष, बिघ्न र बाधाबाट राहात प्राप्त गर्ने अपेक्षा आयोजकले लिएको छ  । साधनामा नेपाल, भारत र गैरआवासीय नेपालीहरु गरी करिब ३ हजारको संख्यामा भक्तजन तथा अनुयायीहरुको सहभागिता गराउने गरी आयोजकले आवासीय तयारी थालेको अध्यक्ष रिजालले बताइन् । “पिण्डेश्वर शिव-लक्ष्मी धाम”का देशभरका जिल्ला समितिहरुले विभिन्न शिवीरहरुको आयोजना गर्दै आएको छ । बर्दियामा जिल्लामा गर्न थालिएको यो साधना शिवीर दोश्रो पटक हुन लागेको आयोजकले बताएको छ ।  

 

परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा देश विदेशमा करिब पाँच लाख बढी साधकहरु रहेको बताइन्छ ।

विशेष