News अपराध सुरक्षा

अपहरणको नाटक गरी आफ्नै परिवारसँग फिरौती रकम माग गर्ने एक युवक पक्राउ

अपहरणको नाटक गरी आफ्नै परिवारसँग फिरौती रकम माग गर्ने एक युवक पक्राउ

काठमाडौं । अपरहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख रुपैयाँ फिरौती रकम माग गर्ने एक युवक पक्राउ परेका छन् । काठमाडौंको जडिबुटी बस्ने दार्चुला नौगाड गाउँपालिका–६ का २६ वर्षीय जयभान सिंह धामीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

 

धामीलाई अपरिचित व्यक्तिहरूले गत बिहीबार अपहरण गरी २३ लाख रुपैयाँ फिरौती रकम माग गरेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले अनुसन्धान थालेको थियो । 
प्रहरीको अनुसन्धानमा धामी अपहरणमा नपरेको तर आफैले अपहरणको नाटक गरेर परिवारसँग फिरौती रकम माग गरेको खुल्न आएको छ । 

महासाखाबाट खटिएको प्रहरीले धामीलाई काठमाडौंको चावहिलमा फेला पारेको हो ।

सोधपुछ गर्ने क्रममा धामीले आफू अपहरणमा परेको नभई लेनदेनको कारणले आफ्नै परिवारसँग फिरौती रकम माग गरी अपहरणको नाटक गरेको बताएका छन् । 

घटना बारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

अपराध

विशेष