News

संघलाई 'काउन्टर' दिँदै प्रदेश २ ले ल्यायो सिडिओको अधिकार खोस्ने विधेयक

संघलाई 'काउन्टर' दिँदै प्रदेश २ ले ल्यायो सिडिओको अधिकार खोस्ने विधेयक

जनकपुरधाम । संघीय सरकारमातहत रहेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को अधिकार खोसिने गरी प्रदेश २ सरकारले प्रदेश प्रशासन विधेयक अगाडि बढाएको छ। दफाबार फलफलका लागि प्रदेशसभामा दर्ता गरिएको विधेयक पारित भए प्रदेशले नियुक्त गर्ने प्रशासन अधिकारले सिडिओजत्तिकै अधिकार प्रयोग गर्न पाउनेछन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अरुणा झाले प्रदेश प्रशासन अधिकारी नियुक्तका लागि बनेको विधेयक प्रदेशसभामा दर्ता भएको बताए। 'लामो छलफल र गृहकार्यपछि विधेयक तयार भएको छ' उनले भने 'मन्त्रिपरिषद्ले पास गरेपछि प्रदेशसभामा दर्ता गरिएको हो।' प्रक्रियामा रहेको विधेयक छलफलका लागि चाँडै बैठकमा पेस गरिने प्रदेशसभाका निमित्त सचिव रञ्जित यादवले बताए। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

प्रदेश २

विशेष