News

प्रहरी जवानको तलबभत्ता ३० हजार पुग्यो, अन्य अफिसरको कति बढ्यो?

प्रहरी जवानको तलबभत्ता ३० हजार पुग्यो, अन्य अफिसरको कति बढ्यो?

काठमाडौं । सरकारले प्रोत्साहन भत्ता ४० प्रतिशतले वृद्धि गरेसँगै ट्राफिक प्रहरी जवान र हवल्दारको तलब भत्ता र रासन सुविधा करिब ३० हजार पुगेको छ। ट्राफिक प्रहरी जवानको तलब स्केल १७ हजार ३०० र हवल्दारको १८ हजार २०० छ भने राशनस्वरुप पाँच हजार २५० प्राप्त हुन्छ।

वर्तमान तलब स्केलमा ४० प्रतिशत प्रोत्साहन भत्ता (करिब सात हजार) जोड्दा ३० हजार पुग्ने देखिएको छ। धुवाँधुलो तथा घामपानीको कुनै पर्वाह नगरी चौविसै घण्टा सडकमा खट्ने ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षा र सुविधाका लागि ‘ट्राफिक प्रहरी प्रोत्साहन भत्ता निर्देशिका–२०७५’ निर्माण भएको हो।

 मन्त्रिपरिषदबाट पारित निर्देशिका सरकारले बिहिवार सार्वजनिक गरेपछि ट्राफिक प्रहरी जवान र हवल्दारको प्रोत्साहन भत्ता ४० प्रतिशत असई र सइईको २० प्रतिशत र इन्सपेक्टर र डिएसपीको भत्ता १० प्रतिशतले वृद्धि गरेको हो। यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

नेपाल प्रहरी तलबभत्ता

विशेष