News

जब हुनेवाला ज्वाइँ नै ४२ लाख रुपैयाँ लिएर बेपत्ता भए ...

जब हुनेवाला ज्वाइँ नै ४२ लाख रुपैयाँ लिएर बेपत्ता भए ...

काठमाडौं : विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको  छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । 

 

प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए । प्रहरीका अनुसार छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर ४२ लाख रुपैयाँ जुटाएका थिए । रकम लिएर खड्का गायब भएपछि मात्रै किशोरी र उनका अभिभावकले ठगिएको महसुस गरेका थिए ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा पारी किशोरी र उनका अभिभावकलाई घर न घाटको बनाएको बताए । उनले भने, ‘यसले किशोरीसँग विवाह गर्छु भन्यो । अमेरिकाबाट भर्खरै आएको भनेपछि किशोरी पनि लोभिइन् । किशोरीले अभिभावकसँग छलफल गरिन् । विवाहपछि छोरी अमेरिका जाने भएपछि अभिभावक पनि मक्खै परे । यही क्रममा खड्काले किशोरीका अभिभावकसँग ४२ लाख रुपैयाँ माग्यो । घर बैंकमा राखेर रकम झिके । रकम पाएपछि हुनेवाला ज्वाइँ (खड्का) बेपत्ता भए, बल्ल आफू ठगिएको भेउ पाए ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

बेपत्ता अमेरिका

विशेष