News

२४ घण्टाभित्रै स्मार्ट लाइसेन्स उपलब्ध गराउँदै विभाग

२४ घण्टाभित्रै स्मार्ट लाइसेन्स उपलब्ध गराउँदै विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाका लागि २४ घण्टा भित्र विद्युतीय सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको छ। त्यस्तै २ महिनापछि सर्वसाधारणलाई दिँदै आएको अनुमति पत्र एक साता भित्रै सो उपलब्ध गराइने विभागले जनाएको छ।

 

विभागका महानिर्देशक कुमार दाहाललले वैदेशिक रोजगारीमा रही ड्राइभिङ काम गरिरहेका श्रमिक, अध्ययनका लागि विदेश जाने विद्यार्थी, कूटनीतिक नियोगका कर्मचारी, सेना प्रहरीका लागि एक दिनमै लाइसेन्स दिन सुरु गरेको जानकारी दिए। अत्यावश्यक क्षेत्रका लागि छुट्टै प्रिन्टरको व्यवस्था पनि विभागले गरेको महानिर्देशक दाहालले जानकारी दिए।

 

त्यसका लागि विदेशमा काम गर्ने श्रमिकले काम गरिरहेको कागजपत्र र हवाई टिकट उपलब्ध गराउनु पर्ने हुन्छ भने विद्यार्थीले भिसा र हवाइ टिकटका साथ निवेदन दिनुपर्ने र तोकिएका निकायका कर्मचारीले कायार्यलको सिफारिस पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

सवारी चालक अनुमतिपत्र

विशेष