फोहोर बोक्ने गाडीको ठक्करबाट ओखरपौवाका १६ वर्षे युवको मृत्यु, ल्याण्डफिल साइट ठप्प

नुवाकोट। फोहोर बोक्ने निजी सवारीको ठक्करबाट नुवाकोट ओखरपौवा सिसडोलका एक युवकको मृत्यु भएको छ । काठमाडौबाट फोहोर बोकेर गएको बा२ ख ९६४७ नम्बरको फोहोरको ट्रकले ओखरपौबा बस्दै आएका १६ वर्षिय संजिव नेपालीलाई ठक्कर दिएपछी किशोरको मृत्यु भएको हो ।
दिउसो करिब एक वजे उक्त ट्रकले ल्याण्डफिल साइटमा फोहोर खसाल्ने क्रममा ब्याक गर्दा नेपालीलाई ठक्कर दिएको थियो । घाइते नेपालीको टोखा स्थित ग्रयाण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
ल्याण्डयफिल साइटमा फोहोर टिप्ने काम गर्दै आएका नेपालीको सवारी साधनको ठक्करबाट मृत्यु भएपछि ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन ठप्प भएको छ ।
कामपा वातावरण विभाग सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले दुर्घटना लगत्तै फहोर व्यवस्थापन रोकिएको जानकारी दिए ।
एक बजे ठक्कर दिएको नेपालीको दिउसो ३ बजे हस्पिटलमा मृत्यु भएको हो।
नुवाकोट ओखरपौवा