महिलाको 'काल' बन्दै दाइजो, अन्त्येष्टिका गर्न ठिक्क पारेको शव छोडेर भागाभाग मलामी

महिलाको 'काल' बन्दै दाइजो, अन्त्येष्टिका गर्न ठिक्क पारेको शव छोडेर भागाभाग मलामी

वीरगन्ज । तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’कै कारण ‘काल’ बनेको छ ।  

यस्तै खाले दुखद घटनको पछिल्लो उदाहरण बनेकी छन्, वीरगञ्ज महानगरपालिका, २३ प्रसौनी बिर्ताकी २८ वर्षीय अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेको बेला प्रहरीले नियन्त्रणमा लियो । सो घटनासँगै तराई मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित या असुरक्षित भन्ने सवाल उठेको छ । प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नलाल दास र उनका आफन्तले अन्तिम तयारी गरिसकेका थिए ।

‘कुटपिट गरी एकजना महिलाको हत्या गरिएको र शव अन्त्येष्टिका लागि लगिएको खबर आएपछि प्रहरी टोली त्यहाँ तत्कालै पठाइयो’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, मृत्यु शंकास्पद देखिन्छ, किनभने प्रहरी देख्नासाथ मृतकका पति पन्नालालसहित सबै मलामी भागे।’

पन्नालाल र आफन्तले सुरुमा अन्जुदेवीको शव भारतमा लगेर दाहसंस्कार गर्न खोजे  पनि एम्बुलेन्सले नमानेपछि सिर्सिया नदीको घाटमा पुर्‍याइएको थियो । नियन्त्रणमा लिएको शव नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने ढकालले बताए। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

दाइजो

संम्बधित खबर

विशेष