News

आयल निगमको मासिक नाफा ६० करोड तर मूल्य समायोजनमा अनिच्छुक

आयल निगमको मासिक नाफा ६० करोड तर मूल्य समायोजनमा अनिच्छुक

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो। तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन। उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ।

इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ। निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन। माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो। निगमको मासिक नाफा ६० करोड पुगेको छ।

निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो। उक्त प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा थपघट हुने इन्धनको मूल्यका आधारमा निगमले पनि १५ दिनमा उपभोक्ता मूल्य कायम गर्नुपर्छ। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५६ पैसा, डिजेलमा तीन रुपैयाँ ३४ पैसा, मट्टितेलमा २३ रुपैयाँ ४८ पैसा, आन्तरिक हवाई इन्धनमा नौ रुपैयाँ ६२ पैसा र बाह्य हवाई इन्धनमा ५१ रुपैयाँ ८३ पैसा नाफा गरिरहेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

नेपाल आयल निगम मूल्य समायोजन

विशेष