जर्मन दूतावासले आयोजना गरेको छुटाउन नहुने १६ दिने मेला (भिडियाेसहित)

जर्मन दूतावासले आयोजना गरेको छुटाउन नहुने १६ दिने मेला (भिडियाेसहित)

काठमाडौं : नेपालस्थित जर्मन दूतावासले नेपाली विद्यार्थीको लागि अन्तरक्रिया कार्यक्रम राखेको छ । पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसमा भइरहेको उक्त सम्मेलनमा विद्यार्थीको घुईंचो लागेका छ । स्नातक, स्नातकोत्तर र पिएचडी गर्न जर्मनी जानेहरुका लागि यो निकै महत्वपूर्ण सम्मेलन भएको नेपालका लागि जर्मन राजदूत रोनाल्ड साफरले बताए । 

नेपाल आजसँगको कुराकानीमा राजदूत साफरले धेरै नेपालीले जर्मनमा सिकोको ज्ञान नेपालमा लागू गर्नुपर्ने हुँदा विद्यार्थीलाई प्रोत्साहन गरेको पनि बताए । नेपालले आफूसँग भएको स्रोत साधनको भरपूर उपयोग गर्ने हो भने नेपालबाट धेरै देशले सिक्न सक्ने उनले जनाए । 
गत अप्रिल १२ देखि सुरु भएको उक्त सोह्र दिने सम्मेलन अप्रिल २६ सम्म हुनेछ ।

जर्मनी ऊर्जा रुपान्तरणः जर्मनको उर्जा प्रणालीमा परिवर्तन’ नाम गरेको प्रदर्शनी अन्तर्गत विद्यार्थीको लागि उक्त सम्मेलन पनि राखिएको हो । प्रदर्शनीमा नेपाल र जर्मन नागरिकबीचको ६० वर्ष पुरानो सम्बन्धलाई फोटोमार्फत देखाइएको छ । नेपालमा रहेका जर्मन र जर्मनमा रहेका नेपाली नागरिकले सिकेका भोगाई र दुई देश प्रतिको विचारलाई उक्त फोटो प्रदर्शनीमा अभिव्यक्त गरिएको छ । 

कार्यक्रममा सहभागी विद्यार्थीले उक्त सम्मेलनले जर्मनको शिक्षा प्रणालीबारे थाहा नभएको कुराहरु उजागर गरिदिएको र उच्च शिक्षाको लागि जर्मन जान प्रेरित गरेको बताए । 

रोनाल्ड साफर जर्मन दूतावास जर्मनी ऊर्जा रुपान्तरणः जर्मनको उर्जा प्रणालीमा परिवर्तन

संम्बधित खबर

विशेष