घाईतेहरुको उपचारका लागि आकस्मिक रक्तदान , ७४ जनाले गरे रक्तदान
काठमाण्डौ । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि आकस्मिक रक्तदान कार्यक्रम भएको छ । मंगलबार राजधानीको नयाँबानेश्वरमा आयोजित कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् ।
महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सुर्यखबर डट् कम् लगायतको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा आकाश्मिक रुपमा गरिएको भएपनि उल्लेख्य सहभागीता भएको रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए ।
आईतबार हावाहुरीका कारण तीन दर्जनभन्दा बढीको निधन भईसकेको छ भने सयौंको संख्यामा घाईते भएका थिए, घाईतेमध्ये ९ जनाभन्दा बढीलाई काठमाण्डौका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईतेहरु तराईका बिभिन्न अस्पतालमा उपचार भइरहेको समाचार छ ।
आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरे अनुसार बानेश्वरका स्थानीय, नेपाल प्रहरी, होस्टल ब्यावशायी संघका प्रतिनिधि, सामुदायिक प्रहरी सेवा, नयाँ बानेश्वर–१० लगायतले रक्तदान गरेको थिए । सामुदायीक प्रहरीका तर्पबाट राम दयालले समन्वय गरेका थिए ।
स्थानीय स्वास्थयकर्मीको टोली प्रदेश नम्बर २ को पींडास्थल पुगिसकेको छ भने रगतको अभाबलाई टार्न युवाहरु संस्थागत र ब्यक्तीगततर्फबाट लागिपरिरहेका छन् ।
कार्यकमका आयोजक महानगरीय प्रहरी नयाँबानेश्वर प्रमुख डीएसपी गोबिन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै राजनीतिक नभई जिल्ला प्रशासन कार्यालयबाट समेत स्वीकृत भई उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
संयोजक आचार्यले रक्रदान कार्यक्रमको समन्वयकर्ता रक्तदान कार्यक्रमको आयोजना गरेकोमा प्रशंसापत्र रेडक्रसबाट प्रमाणपत्र बुझ्दै रक्तदान जस्तो समाजसेवामा लाग्न यसबाट अझ हौसला मिलेको दाबी गरेका थिए । कार्यक्रममा निर्माण ब्यावशायी महासंघका पुर्ब महासचिव रामेश्वर देउजा, सुर्यखबरका सम्पादक तथा क्रदान कार्यक्रमका संयोजक आचार्य लगायत बिशिष्ट ब्यक्तीहरुले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम