विदेश

श्रीलंकाका होटल र चर्चमा बम विष्फोट, कैयौँको हताहतीको आशंका

श्रीलंकाका होटल र चर्चमा बम विष्फोट, कैयौँको हताहतीको आशंका

एजेन्सी : श्रीलंकाको राजधानी कोलम्बोसहित देशका विभिन्न ठाउँका चर्च र होटेललाई निशान बनाएर ६ बम विष्फोट भएको छन्। इसाइहरूको पर्व इस्टरका दिन आतंकवादीहरूले चर्चहरूलाई निशाना बनाएर बम विष्फोट गराएको सञ्चार माध्यमहरूले जनाएका छन्।

उक्त घटना सयभन्दा बढीको हताहती भएको हुन सक्ने अनुमान गरिएको छ। स्थानीय अस्पतालका अधिकारीहरूको भनाइ उद्धृत् गर्द न्युज18 ले ८० भन्दा धेरै घाइते भएको उल्लेख गरेको छ।

पहिलो विष्फोट स्थानीय समयअनुसार ८ः४५ मा भएको प्रहरी अधिकारीहरूले बताएका छन्। उक्त समय यहाँ इस्टरको प्रार्थनाका लागि मानिसहरू चर्चमा जम्मा भएका थिए।

प्रहरीका अनुसार एउटा विष्फोट कोलम्बो पोर्टको कोचीकडे चर्चमा भएको छ। त्यस्तै दोस्रो विष्फोट पुत्तालमनजिकैको सेन्ट सबैस्टियन चर्चाभित्र भएको छ। यसका साथै कोलम्बोस्थित सांगरी-ला होटल र किंग्सबरी होटलमा पनि बम विष्फोट भएको खबर प्राप्त भएको छ।

 

श्रीलंका बम विष्फोट

विशेष