विदेश

श्रीलंकामा ३ चर्चसहित ६ ठाउँमा बम विष्फोट, २५ को मृत्यु २०० बढी घाइते [अपडेट]

श्रीलंकामा ३ चर्चसहित ६ ठाउँमा बम विष्फोट, २५ को मृत्यु २०० बढी घाइते [अपडेट]

श्रीलंकाका विभिन्न ठाउँमा भएको बम विष्फोटमा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ। घटनामा २ सयभन्दा धेरै घाइते भएको बिबिसीले जनाएको छ।

घाइतेहरूलाई श्रीलंकाको राजधानी कोलम्बोको फरकफरक ठाउँमा भर्ना गरिएको छ। अहिलेसम्म प्राप्त विवरणअनुसार तीनवटा चर्च र कोलम्बोका फाइभ स्टारहरू होटेलसमेत गरेर ६ ठाउँमा बम विष्फोट भएको भएको हो।

कोलम्बोमा रहेको सेन्ट एन्टोनियो चर्चमा पनि विष्फोट भएको छ। त्यहाँ इसाइहरूको पवित्र पर्व इस्टरको प्रार्थनाका लागि हजारौँ मानिसहरू उपस्थित रहेका थिए। बम विष्फोटपछि सहरको सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको बताइएको छ। अहिलेसम्म उक्ट घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन।  

पहिलो विष्फोट स्थानीय समयअनुसार ८ः४५ मा भएको प्रहरी अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार एउटा विष्फोट कोलम्बो पोर्टको कोचीकडे चर्चमा भएको छ। त्यस्तै, दोस्रो विष्फोट पुत्तालमनजिकैको सेन्ट सबैस्टियन चर्चाभित्र भएको छ। यसका साथै कोलम्बोस्थित सांगरी-ला होटल र किंग्सबरी होटलमा पनि बम विष्फोट भएको खबर प्राप्त भएको छ।


      श्रीलंकाका होटल र चर्चमा बम विष्फोट, कैयौँको हताहतीको आशंका

श्रीलंका बम विष्फोट

विशेष