विदेश

श्रीलंका बम विष्फोट अपडेट : मृत्यु हुनेको संख्या १२२ पुग्यो, २४७ बढी घाइते

श्रीलंका बम विष्फोट अपडेट : मृत्यु हुनेको संख्या १२२ पुग्यो, २४७ बढी घाइते

श्रीलंकाका विभिन्न ठाउँमा भएको बम विष्फोटमा परी मृत्यु हुनेको संख्या १२२ पुगेको छ। घटनामा २४७ भन्दा धेरै घाइते भएको बिबिसीले जनाएको छ।

कोलम्बोमा ४७ जना जनाको मृत्यु भएको छ। कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको छ। त्यस्तै, बट्टिकोलामा २५ जनाको मृत्यु भएको छ भने ५० जनाको नेगम्बोमा मृत्यु भएको प्रहरी अधिकारहरूको भनाइ उद्धृत् गर्दै बिबिसीले जनाएको छ।

उक्त बम विष्फोटमा मृतकको संख्या लगातर बढिरहेको छ। घाइतेहरूलाई श्रीलंकाको राजधानी कोलम्बोलगायतका देशका फरकफरक ठाउँमा भर्ना गरिएको छ। अहिलेसम्म प्राप्त विवरणअनुसार तीनवटा चर्च र कोलम्बोका फाइभ स्टारहरू होटेलसमेत गरेर ६ ठाउँमा बम विष्फोट भएको भएको हो।

कोलम्बोमा रहेको सेन्ट एन्टोनियो चर्चमा पनि विष्फोट भएको छ। त्यहाँ इसाइहरूको पवित्र पर्व इस्टरको प्रार्थनाका लागि हजारौँ मानिसहरू उपस्थित रहेका थिए। यसैबीच श्रीलंकाले प्रधामन्त्री रानिल विक्रमसिंघेले आपतकालीन बैठक बोलाएका छन्।

बम विष्फोटपछि सहरको सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको बताइएको छ। आपतकालीन टिमले अहिले सबै स्थानमा पुगेर उद्धार कार्य गरिरहेको सञ्चार माध्यमहरूले जनाएका छन्।  त्यहाँ २०० भन्दा बढी सैनिकलाई पनि प्रयोग गरिएको बताइएको छ।

अहिलेसम्म उक्ट घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन। पहिलो विष्फोट स्थानीय समयअनुसार ८ः४५ मा भएको प्रहरी अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार एउटा विष्फोट कोलम्बो पोर्टको कोचीकडे चर्चमा भएको छ। त्यस्तै, दोस्रो विष्फोट पुत्तालमनजिकैको सेन्ट सबैस्टियन चर्चाभित्र भएको छ। यसका साथै कोलम्बोस्थित साग्री-ला होटल, सिनामोन ग्रान्ड र किंग्सबरी होटलमा पनि बम विष्फोट भएको खबर प्राप्त भएको छ।

श्रीलंका बम विष्फोट

विशेष