हुरीबतासका घाइतेका लागि रक्तदान गर्ने कि ? बानेश्वरमा हुँदैछ बृहत रक्तदान कार्यक्रम

हुरीबतासका घाइतेका लागि रक्तदान गर्ने कि ? बानेश्वरमा हुँदैछ बृहत रक्तदान कार्यक्रम

काठमाडौं । हुरीबतासका कारण बारा र पर्सामा घाइते भएकाहरुका लागि रगत अभाव नहोस् भन्ने उद्देश्यले काठमाडौंमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिँदैछ । 

 

महानगरीय प्रहरी प्रभाग नयाँबानेश्वर र सूर्यखबर डटकमलगायत आयोजकको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक बाबुराम आचार्यका अनुसार यो रक्तदान बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम नयाँबानेश्वर बेकरी क्याफेअगाडि हुनेछ । 

 

रक्तदान गर्न ईच्छुकले  कार्यक्रम संयोजक–बाबुराम आचार्य (९८५१०२७२८३) महानगरीय प्रहरी प्रभाग प्रमुख,  गोबिन्दराज काफ्ले (९८५१२८११४६) लाई सम्पर्क गर्न सक्नेछन् । 

 

हुरीबतासले बारा र पर्सामा चार सय जना घाइते भएका छन् । 
 

संम्बधित खबर

विशेष