राहत लिएर तराई झरे धुर्मुस
काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेशनले बारा जिल्लाका ४ सय हुरीबतास प्रभावित परिवारलाई राहात वितरण गरेको छ । बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो । हुरीबतासले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद शाहलगायत जनप्रतिनिधीको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।
पीडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यन्न वितरण गरिएको उनको भनाई छ । प्रभावित क्षेत्रका अधिकाँस घरहरु हुरीबतासले उडाएर तहसनहस बनाएको छ भने विद्युतका पोलहरु ढलेका कारण गाउँ पुरै अन्धकारमा छ ।
धुर्मुस-सुन्तली फाउण्डेशन