विदेश

परम्परागत राजनीतिक दलले इरिटेट नै गरेपछि युक्रेनीले छाने हास्यकलाकार

परम्परागत राजनीतिक दलले इरिटेट  नै गरेपछि युक्रेनीले छाने हास्यकलाकार

एजेन्सी . युक्रेनका हास्यकलाकार भोलोडिमियर जेलेन्सकी राष्ट्रपतीय चुनावमा विजय भएका छन् । उनी भारी मतसहित विजयी भएको एक्जिट पोल भनिने सर्वेक्षणले बताएको छ ।

 

एक्जिट पोलका अनुसार उनले ७० प्रतिशतभन्दा बढी मत पाएका छन् । तीन हप्ताअघि मतदानको पहिलो चरणमा उनी सबैभन्दा अगाडि थिए । त्यतिबेला ३९ उम्मेद्वार मैदानमा थिए ।

 

जेलेन्सकीले सत्तासीन राष्ट्रपति पेट्रो पारोशोन्कोलाई चुनौती दिएका थिए ।

पारोशोन्कोले हार स्विकार गरेका छन् । राजधानी कीवमा आफ्नो समर्थकलाई सम्बोधन गर्दै उनले राजनीति नछोड्ने बताएका छन् ।

यस्तै, आफ्नो समर्थकलाई सम्बोधन गर्दै जेलेन्सकीले भने, ‘मैले कहिले पनि तपाईंहरुको विश्वास तोड्ने छैन ।’

 

उनले भने, ‘म अहिले नै औपचारिक रुपमा राष्ट्रपति भइसकेको छैन तर युक्रेनको एक नागरिकको रुपमा सोभियत संघपछि सबै देशलाई भन्न सक्छु, ‘हामीलाई हेर्नुहोस्, सबैकुरा सम्भव छ ।’’

 

पाँच वर्षका लागि हुनेछन् राष्ट्रपतिः

यदि एग्जिट पोल नतिजामा परिवर्तन भयो भने जेलेन्सकी पाँच वर्षको कार्यकालका लागि राष्ट्रपति पदका लागि छानिनेछन् ।

युक्रेनका राष्ट्रपतिको देशको सुरक्षा, रक्षा विभाग र विदेश नीतिमा विशेष प्रभाव हुन्छ ।

एग्जिट पोलका अनुसार निवर्तमान राष्ट्रपति पेत्रो पारोशोन्कोले २५ प्रतिशत मत प्राप्त गर्न सक्छन् । पोरोशेन्को सन् २०१४ देखि युक्रेनका राष्ट्रपति हुन् ।

विशेष