तारा एयरको विमान मन्थलीमा दुर्घटना

काठमाडौँ । रामेछापको सदरमुकाम मन्थलीमा तारा एयरको विमान दुर्घटनामा परेको छ । लुक्लाबाट आएको तारा एयरको नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान सोमबार बिहान अवतरणका क्रममा मन्थली विमानस्थलमा चिप्लिएर दुर्घटना भएको हो ।
अवतरणका क्रममा विमानको हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको मन्थलीबाट समाचार आएको छ ।
विमान दुर्घटनामा परे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तत्कालका लागि रामेछाप विमानस्थल बन्द गरिएको छ । दुर्घटना भएको बिमान नहटाएसम्म उडान सुचारु नहुने मन्थली विमानस्थलले जानकारी दिएको छ ।
तारा एयर