प्रहरीले माग्यो थप २२ हजार दरबन्दी
काठमाडौं । विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार ४ सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको उनको भनाइ छ । यो समाचार नयाँ पत्रिकाबाट लिइएको हो।
नेपाल प्रहरी