विदेश

भारतमा तेस्रो चरणको निर्वाचन : शीर्ष नेताको भविष्य निर्धारण

भारतमा तेस्रो चरणको निर्वाचन : शीर्ष नेताको भविष्य निर्धारण

भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत मंगलबार तेस्रो चरणको मतदान भइरहेको छ। तेस्रो चरणको मतदानमा भारतका केही शीर्ष नेताहरूको भाग्य लेखिने छ।

मंगलबारको मतदानमा भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाह र भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको भविष्य कोरिने दिन हो। भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडेका छन् भने कांग्रेस अध्यक्ष गान्धी केरलको वायनाड क्षेत्रबाट चुनावी मैदानम छन्।

मंगलबार १५ राज्यका ११७ सिटमा मतदान भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। जसअन्तर्गत गुजरातका २६, केरलका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिशाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५ र विभिन्न तीन प्रदेशका ११ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।

दोस्रो चरणअन्तर्गत बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव भएको थियो। भारतीय निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा ६१ प्रतिशतभन्दा बढी मत खसिसकेको थियो।

त्यस्तै, पहिलो चरण अन्तर्गत १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न भएको थियो। ती मतदान ९१ वटा सीटको लागि भएको हो। त्यसक्रममा ठूला प्रदेशहरू उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल लगायतका विभिन्न निर्वाचन क्षेत्रमा मतदान भएको थियो।

कूल ५४३ लोकसभा सिटका लागि भारतमा ७ चरणमा निर्वाचन भइरहेको छ। मे १९ मा अन्तिम चरणको मतदान सकिएपछि मे २३ मा मतगणना हुनेछ। यो चुनावलाई प्रधानमन्त्री मोदीप्रति जनमत संग्रहको रूपमा पनि हेरिएको छ। 

नरेन्द्र मोदी निर्वाचन

विशेष