विदेश

श्रीलंका श्रृंखलाबद्ध बम विस्फोट : मृतकको संख्या ३१० पुग्यो, आजबाट सामूहिक अन्त्यष्टि

श्रीलंका श्रृंखलाबद्ध बम विस्फोट : मृतकको संख्या ३१० पुग्यो, आजबाट सामूहिक अन्त्यष्टि

श्रीलंका आइतबार भएको श्रृंखलाबद्ध बम विस्फोटमा परे मृत्यु हुनेको संख्या ३१० पुगेको छ। उक्त घटनामा ५०० जना घाइते भएको प्रहरी अधिकारीले जनाएका छन्।

मंगलबारबाट मृतकहरूको सामूहिक संस्कार सुरु भएको छ। देशभर तीन मिनेट मौन धारण गर्ने घोषणा गरिएको छ भने अप्रिय घटना नहोस भनेर देशमा आपत्काल लगाइएको छ।

अधिकारीहरूले बम श्रृंखलाबद्ध बम आक्रमण अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतबाट गराएको आशंका व्यक्त गरेका छन्। सरकारले उक्त घटना स्थानीय चरमपन्थी गुट नेशनल तौहिद जमानको हात रहेको संकेत गरेको छ। यद्यपि अहिलेसम्म यो  घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन।

अहिलेसम्म संदिग्ध ३८ जनालाई हिरासतमा लिइएको बिबिसीले जनाएको छ। २६ जनालाई सिआइडीले र तीन जनालाई आतकंवादी रोध दस्ताले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। नियन्त्रणमा लिएका ९ जनालाई मात्रै अदालतमा पेस गरिएको छ। यी ९ जना वेल्लमपट्टीको एउटा फ्याक्ट्रीमा काम गर्दै आएका थिए।

श्रीलंका विस्फोट

विशेष