News कभर स्टोरी भिडियो पर्यटन

जीउँदो छदा आलोचना तर मरेपछि सम्मान : मन्त्री अधिकारी धर्मपत्नी विद्या 

जीउँदो छदा आलोचना तर मरेपछि सम्मान : मन्त्री अधिकारी धर्मपत्नी विद्या 

काठमाडौं । नेपाली समाजमा उदाहरणीय व्यक्तित्वहरुको जीउँदोमा आलोचना तर मरेपछि सम्मान गर्ने परंमरा रहेको पूर्व पर्यटन तथा नागरिक उड्नमन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले बताएकी छिन् ।

 
राजधानीमा आयोजीत रवीन्द्र अधिकारी तथा वीरेन्द्र श्रेष्ठ स्मृति फोटो प्रर्दशनी उद्घाटन समारोह तथा श्रदाञ्जली कार्यक्रममा बोल्दै मन्त्री अधिकारी पत्नी भट्टराईले यस्तो धारणा व्यक्त गरेकी हुन् । 


कार्यक्रमलाई सम्वोधन गर्दै भट्टराईले नेपाली समाजमा जीउँदो छदा आलोचना मात्र गर्ने र मरेपछि मात्र व्यक्तिको गुणगान गाउँने परंपरा रहेको बताउदै यस्तो परंपराको अन्त्य हुनुपर्ने बताईन् ।
“हामी भन्छौं भूतलाई विर्सनु पर्छ । बर्तमानमा लाग्नु पर्छ र भविष्य सुधार्नु पर्छ । तर कतिपय यस्ता सन्दर्भ पनि हुन्छन् जुन भूतलाई नै मार्ग दर्शन बनाएर अघि बढ्नु पर्ने हुन्छ । र त्यसले पछिपछिसम्म पनि प्रभाव पारिरहन सक्छ ।’ उनले भनिन्, ‘रविन्द्र अधिकारी आज भूतपूर्व भएपनि उनको देन राष्ट्रको लागि सधै स्मरणीय छ । उनलाई इतिहासले सधै संझने छ ।’


यसै अबसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्न राज्यमन्त्री धनराज बुढाले मन्त्री अधिकारी कर्तव्य, निष्ठावान र देशप्रेमी मन्त्री भएको बताए ।
कार्यक्रममा बोल्दै उनले सालिन सोभावका मन्त्री अधिकारीले पर्यटन र एभियसन क्षेत्रमा उदाहरणीय काम गरको बताएका छन् । 


‘सालिन र मिजासिला सोभावका मन्त्री अधिकारीसँग काम गर्न निकै सहज थियो । हामी मन्त्री र राज्यमन्त्रीको हिसाबमा नरहेर दाजुभाइको सम्बन्धमा काम गर्थ्यौं । उनले हरेक विषय वस्तुलाई सहजिकरण सरलिकरण गरेर अघि बढ्नु हुन्थ्यो ।’ उनले भने, ‘यस्ता उदाहरणीय व्यक्ति आज हामीसँग हुनुहुन्न तर उनको देनलाई राज्यले कहिल्यै विर्सने छैन ।’


सिनामंगल स्थित एभियसन म्युजियमद्धारा आयोजित उक्त फोटो प्रर्दशनी कार्यक्रममा बाल्दै त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलका महानिर्देशक राज कुमार क्षत्रीले मृतक पर्यटन मन्त्री अधिकारी जस्तो समर्पित र मिलनसार मन्त्री आफ्नो कार्यकालमा अरु नआएको बताए ।

 
‘मैले उड्न क्षत्रमा काम गरेको १४ वर्ष भयो । यो समयमा १४ वटै मन्त्रीहरु आए । मन्त्री अधिकारी जस्तो मलाई अरु कुनै मन्त्री लागेन । उनले भने,‘ मन्त्री अधिकारीले रातको १२ बजेपनि कामको बारेमा सोध्थ्ये । विहान हुन नपाउँदै सोध्थ्ये । त्यति मात्र होइन उनले काम गर्न र गराउन सारै मिजास सोभाव दर्शाउथ्ये । साच्चै मन्त्री अधिकारीको सम्मान गर्नेहो भने उनले गरेका काम र उनले देखेका सपनालाई पुरा गर्नु पर्छ । तव मात्र उनी माथिको सच्चा श्रदाञ्जली अर्पण हुन्छ ।’

">


यस्तैमा कार्यक्रमको आयोजक तथा वेद उप्रेती टष्ट्रका संचालक एवम् पाईलट वेद उप्रेतीले पूर्व मन्त्री रविन्द्र अधिकारीको सम्झना सबै नेपालीहरुको मन मस्तिष्कमा रहेको बताएका छन् । 
कार्यक्रममा बोल्दै पाईलट उप्रेतीले मन्त्री अधिकारी प्रेरणादायी, विकासप्रेमी, तुरुन्त निर्णय लिन सक्ने र सृजनशील प्रतिभा भएका व्यक्तित्वको रुपमा सम्झिए । 


यसै अबसरमा उनले मन्त्री अधिकारीले एभियसन म्युजियमको भ्रमण गरेको र मन पराएको बताउदै उनले सोही अबसरमा मन्त्री अधिकारीको फोटो लिएको बताए । उक्त फोटो एभियसन म्युजिममा प्रर्दशनका लागि राखिएको समेत जानकारी दिए । 
मन्त्री अधिकारीले एभियसन म्यूजियम आफूले सोचेको भन्दा धेरै राम्रो लागेको बताउँदै हामीलाई महत्वपूर्ण सुझाव दिनुका साथै सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बचन समेत दिनुभएको थियो । तर दुर्भाग्यवस उहाँसँगको दुर्घटनामा मृत्युहुन पुग्यो । उहाँ अधिकारीकै सम्झनामा हामीले यस फोटो प्रदर्शनीको आयोजना गरेका हौं ।’ उनले भने, ‘स्वर्गिय अधिकारी ज्यूको डाइनामिक लिडरसिपबाट प्रभावित भै यो फोटो प्रर्दशनी अन्तर आत्माको पुकारबाट जन्मेको फोटो प्रदर्शनी हो ।’


‘मृत्यु जीवनको अन्त्य होइन बरु जीवनको बाटो हो’ भन्ने कुरालाई आत्मसात गरी वहाँको भौतिक शरिर हामी बीच नभएपनि पर्यटन तथा नागरिक उड्यन क्षत्रमा वहाका योजनाहरुलाई पुरा गर्नुपर्ने यस फोटो प्रर्दशनीको सन्देश रहेको छ ।’


आज बैशाख ११ गतेदेखि एभियसन म्युजियममा स्वर्गी मन्त्री अधिकारी र श्रेष्ठको सम्झनामा फोटो प्रर्दशन गरिएको छ । 
उक्त फोटो पाईलट उप्रेतीले इण्डोनेसियाबाट क्यनभासमा प्रिन्ट गरेर ल्याएका हुन् । जुन एभियसन म्युजियमको हुम्ला हलमा प्रर्दशन गरिएका छन् । 

">

संस्कृति, पर्यटन तथा नागरिक उड्नमन्त्रालय

विशेष