बिनाले नेपालको पानी बेच्ने कुरा गर्नुको रहस्य यो पो रहेछ
काठमाडौं । कहिले भागिसकेको इटालियन ठेकेदार कम्पनी सिएमसी फर्काउने उद्घोष त कहिले कतारलाई नेपालको पानी बेच्ने प्रतिबद्धता ।
खानेपानीमन्त्री बिना मगरका यस्ता उद्घोषका कारण विवादित हुँदैछिन् । बिनालाई थाहा नभएको होइन यी काम सम्भव छैनन् । तर, थाहा हुँदाहुँदै बिना मगरलाई यस्ता अभिव्यक्ति दिन बाध्य पार्दैछन् केही व्यापारी ।
र, मन्त्री मगरचाहिँ तिनै व्यापारीको स्वार्थसिद्धि हुने गरी अभिव्यक्ति दिइरहेकी छिन् । विवादित बनिरहेकी छन् । अहिलेमन्त्री मगर नेपालको स्प्रिङ र ग्लेसियर पानी विदेश निर्या गर्ने कुरा उठाइरहेकी छन् । कहाँबाट र किन उठ्यो यो प्रसंग ? खानेपानी मन्त्रालयका उच्च अधिकारी भन्छन्, ‘यसमा नवधनाढ््य व्यापारी अजेयराज सुमार्गीको स्वार्थले काम गरेको छ ।’
सुमार्गीले रसुवाको धुन्चेमा हिमालयाज स्प्रिङ वाटर चलाइरहेका छन् । दुई दशकअघि कोरियन लगानीमा स्थापित यो कम्पनीका प्रतिनिधि एचएस हानसहितको टोलीलाई कुटपिट गरेपछि धपाएपछि यसको स्वामीत्व उनै सुमार्गीले हत्याएका थिए ०६४ सालमा ।
सो कम्पनीले अहिले ३५०, ५०० र ९ सय मिलिलिटरका पेट बोतलमा हिमालयज अन टप नामक पानी उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ ।
त्यही स्प्रिङ वाटरलाई विदेशमा बेच्ने भन्दै सुमार्गी प्रचण्डको कान फुकेसँगै बिनाको पछिल्लो अभिव्यक्ति त्यसैको प्रतीक भएको खानेपानी मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
–जनआस्था साप्ताहिकबाट