News

डडेल्धुरामा बस दुर्घटना, ७ को मृत्यु, २० घाइते

डडेल्धुरामा बस दुर्घटना, ७ को मृत्यु, २० घाइते

डडेल्धुरा । डडेल्धुराको साहुखर्कमा यात्रुबाहक बस दुर्घटना भएको छ। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस बुधबार बिहाजन डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको हो।

दुर्घटनामा सात जनाको मृत्यु भएको भनिए पनि हालसम्म पाँच जनाको मात्रै मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

अन्य २० जना घाइते भएका छन्। घाइतेहरूलाई डडेल्धुरास्थित जिल्ला अस्पताल डडेल्धुरा लाइँदै छ। बस सडकबाट १०० मिटर तल खसेको जनाइएको छ। मृतको अहिलेसम्म सनाखत हुन सकेको छैन्।

डडेल्धुरा दुर्घटना

विशेष