News

राष्ट्रपति भण्डारी चीन आज जाँदै

राष्ट्रपति भण्डारी चीन आज जाँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी नौदिने भ्रमणका लागि बुधबार बिहान चीन प्रस्तान गर्दैछिन्। चीनको बेइजिङमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरमलगायतका कार्यक्रममा सहभागी हुन उनी चीन प्रस्तान गर्न लागेकी हुन्। उनले फोरमलाई सम्बोधनसमेत गर्ने छिन्।

राष्ट्रपति भण्डारी बुधबार बिहान ११ बजे चीन जाने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए। चीन भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सिजिङपिङसँग भेटवार्ता गर्नेछिन्।

त्यस्तै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटनमा पनि सहभाथी हुने र त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ। राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

विद्यादेवी भण्डारी चीन भ्रमण

विशेष