३८ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने नेपाली

काठमाडौं । स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ । गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
नेपालीका लागि आकर्षक मानिएका अधिकांश गन्तव्यमा जानेको संख्या घटेको छ । पछिल्लो तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमनमा कामको खोजीमा जाने नेपालीको संख्या घटेको हो । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो।
विदेश