News

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर पोस्ट गर्ने २ जना पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर पोस्ट गर्ने २ जना पक्राउ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको फोटो बिगारेर फेसबुकमा पोस्ट गर्ने दुई युवक पक्राउ परेका छन् । पाल्पाका निर्मल गैरे र रुपन्देहीका यामप्रसाद पन्थी पक्राउ परेका हुन् । उनीहरुले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत साता पक्राउ गरेको हो । 

 

अमार्यादित फोटो राखेर राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन गर्न खोजेकाले उनीहरूलाई पक्राउ गरी विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । पक्राउ परेका दुवैजना विद्यार्थी हुन् । उनीहरूले पोस्ट गरेको फोटो सामाजिक सञ्जालमा धेरैले सेयर गरेका थिए । आफूहरूले रमाइलोका लागि ती फोटो सेयर गरेको उनीहरूले बताएका छन् । जुन अपराधमा उनीहरूमाथि पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओली

विशेष