हुरीबतासपीडितका लागि अहिलेसम्म कस-कसले के के गरे ? (सूचीसहित)
काठमाडौं । आइतबार बारा र पर्सा जिल्लामा बढी क्षति पुर्याउने गरी आएको हुरीबतासबाट पीडित भएकाहरुलाई राहतका लागि धेरै संघसंस्थाहरु क्रियाशील भइसकेका छन् । २७ जनाको मृत्यु र ४ सय जना घाइते भएको यो घटनाबाट पीडित भएकाहरुका लागि राहत उपलब्ध गराउने र अन्य मानवीय सहायता पुर्याउन विभिन्न संघसंस्था, राजनीतिक दलहरु क्रियाशील भएका छन् ।
क्रसं. व्यक्ति/संस्था विवरण
१. प्रदेश नम्बर २ प्रदेश नम्बर दुईले मृतक परिवारलाई जनही ३ लाख
२. मेडिसिटी अस्पताल औषधि र स्वास्थ्यकर्मीको टोली
३. पुष्पकमल दाहाल प्रचण्ड प्रति मृतक परिवार ५ लाख
४. सीताराम कट्टेल ‘धुर्मुस’ राहतसहित सोमबार पुगे
५. शिव सेना नेपाल टोली परिचालन
६. नेकपा सांसद एक दिनको तलव घोषणा (पुगिसकेको छैन)
७. नेका सांसद दुई दिनको तलब (पुगिसकेको छैन)
८. प्रधानमन्त्री निरीक्षण, आवश्यक सबै निर्देशन सरकारी सहायता उपलब्ध ।
९. नेपाल परिवार दल रु. ५० हजार /सोलार लाइट
१०. नयाँ बानेश्वर प्रभाग र सूर्यखबर रक्तादन (रगत अभाव भने छैन)
११. रेडक्रस १ लाख २५ हजार, मनोसामाजिक कार्यकर्ता
१२. विश्व हिन्दु महासंघ राहत लिएर जाने
१३. नेपाली सेना सर्च एन्ड रेस्क्यु, राहत, घाइते काठमाडौं ल्याउने ,सबै घर बनाउने जिम्मा सेनालाई
१४. नेपाल प्रहरी जनजीवन सामान्य बनाउन भूमिका, राहत र उद्धार
१५. सशस्त्र प्रहरी उद्धार र मानवीय सहायता, तीन सय टहरा बनाउदै
१६. राजपा रु . ५ लाख
१७. संघीय सरकार ४६८ त्रिपाल, ४१६८ थान कपडा
१८. संघीय सरकार सबैको निःशुल्क उपचार
१९. बाबुराम भट्टराई १५ दिनको तलब
२०. प्रदेश ३ सरकार १ करोड
२१. प्रदेश ३ का सांसद तीन दिनको तलब
२२. डा गोविन्द केसीसहितको टीम स्वास्थ्य शिविर सञ्चालन
२३. नेपाली कांग्रेस . २५ लाख
२४. नेपाल प्रहरी श्रीमती संघ केही ट्रक राहत
२५. खानेपानी मन्त्रालय मोबाइल खानेपानी सेवा
२६. युवा संघ प्रदेश १ राहत र श्रमदानका लागि सय जना प्रस्थान
२७. कमल थापा राहत र रु ५० हजार
२८. विमलेन्द्र निधिसहित कांग्रेस प्रदेश २ का सांसद १० लाख
२९. रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा २ लाख बढी वितरण
३०. प्रदेश ७ सरकार १ करोड
३१. प्रदेश ७ का सांसद एक दिनको तलब
३२ काठमाडौं महानगर रु २५ लाख
३३. नयाँ पत्रिका रु ५ लाख
३४. चौधरी ग्रुप राहत ५०० पाकेट
३५. एनआइसी एसिया बैंक – झुल, म्याट्रेस आदि राहत ।
३६. स्वावलम्वन लघुवित्त –४ लाख ६० हजार नगद ।
३७. नेपाल सामान ढुवानी व्यवसायी– राहत निःशुल्क ढुवानी गर्ने ।
३८.हितेरी.ओआरजी – डोनेसन,राहत संकलन
३९ कर्णाली प्रदेश रु १ करोड
हावाहुरी