राष्ट्रपति भण्डारी चीन प्रस्थान

राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्तान गरेकी छन्। उनी नौदिने राजकीय भ्रमणका लागि बुधबार बिहान चीन प्रस्थान गरेकी हुन्।

राष्ट्रपति भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने छिन्। त्यहाँ उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिलाई बिदाइ गर्न प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट चीनतर्फ गएकी हुन्। राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा ३४ जना सदस्य सहभागी रहेका छन्। गणतन्त्र स्थापनापछि पहिलोपटक उत्तरी छिमेकी देश चीनले राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न लागेको हो।

यसअघि पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव दुई पटक चीनको भ्रमण गरेका थिए।

विद्यादेवी भण्डारी चीन भ्रमण

संम्बधित खबर

विशेष