News विचित्र विश्व अर्थ शेयर सामाजिक सञ्जाल

ट्वीटरको शेयर मूल्य १८ प्रतिशतले बढ्यो, विश्वभरका प्रयोगकर्ता ३३ करोड

ट्वीटरको शेयर मूल्य १८ प्रतिशतले बढ्यो, विश्वभरका प्रयोगकर्ता ३३ करोड

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको शेयर मूल्य १७ प्रतिशत भन्दा बढिले बढेको छ । आम्दानी र प्रयोगकर्ताहरुको संख्या बढेसँगै ट्वीटरको शेयर मूल्यमा उच्चता आएको हो । 
गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा ट्वीटरको आम्दानी १८ प्रतिशतले बढेर ७८ करोड ७० लाख डलर पुगेको छ ।

 

हाल विश्वभरबाट ट्वीटरको दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ११ प्रतिशतले बढेर १३ करोड ४० लाख  पुगेको छ । ट्वीटरका अध्यक्षले अनलाइन दुरुपयोग रोक्ने तरिकामा सुधार गर्ने वाचा गरेसँगै यसका प्रयोकर्ताहरुको संख्यामा वृद्धि भएको सामाजिक सञ्जालका विश्लेषकहरुले बताएका छन् । 

 

ट्वीटरले अनुमान गरेभन्दा बढी आम्दानी भएको तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै कम्पनीले मासिक प्रयोगकर्ता पनि अनुमानभन्दा बढेको बताएको छ ।

यसअघि विश्लेषकहरूले ट्वीटरको नाफा ७७ करोड ६१ लाख डलर पुग्ने अनुमान गरेका थिए ।

 

ट्वीटरका संस्थापक ज्याक डोर्सीले ट्वीटरको डिजाइनले आक्रोशलाई प्रोत्साहन गरेको भन्दै पछुतो महसुस भएको बताएका थिए । उनले गत हप्ता भएको एउटा व्यापार सम्मेलनमा साइटलाई अधिक क्रियाशील बनाउन र दुरुपयोग तथा गलत सूचना प्रवाहलाई रोक्नका लागि साइट सञ्चालनमा परिवर्तन गर्ने बताएका थिए ।

 

डोर्सीको उक्त घोषणासँगै ट्वीटरको शेयर मूल्यमा वृद्धि भएको बताइएको छ । योसँगै उसको बजार पूँजीकरणमा २ अर्ब ७० करोड डलर थपिएको छ । उसको समग्र बजार पूँजीकरण २९ अर्ब डलर पुगेको छ ।

 

कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा सक्रिय मासिक प्रयोगकर्ता ३३ करोड पुगेका छन् । यो संख्या ३१ करोड ८० लाख पुग्ने अनुमान थियो ।

गत वर्ष ट्वीटरका मासिक प्रयोगकर्ताको संख्या ३३ करोड ६० लाखबाट घटेर ३२ करोड १० लाखमा झरेको थियो । ट्वीटरले अपमानजनक र नक्कली खाताको शुद्धीकरणका कारण प्रयोगकर्ताहरुको संख्या घटेको बताएको थियो । 

ट्वीटर

विशेष