यसरी दियो सर्वोच्चले एनसेलकै पक्षमा आदेश
काठमाडौँ– विवादित एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश दिएको छ ।
बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न आदेश दिएको छ ।
ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो ।
यो विवादमा एनसेलले आफुले दुई आर्थिक वर्षमा रकम वुझाएको दावी गर्दै अव १४ अर्व ३६ करोड मात्र वुझाउनु पर्ने दावी सहित सर्वोच्चमा रिट दायर गरेको थियो । तर यता ठुला करदाता कार्यालयले एनसेलले ३९ अर्व ६ करोड लाभकर तिर्नु पर्ने दाबी गरिरहेको छ ।
एनसेल सर्वोच्च अदालत