News

भूकम्पको स्मृतिमा आज सार्वजनिक बिदा

भूकम्पको स्मृतिमा आज सार्वजनिक बिदा

गोरखा । गत २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ । गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पलेले १ सय ३० जनाको मृत्यु सुलिकोट गाउँपालिकामा आउँदो वैशाख १२ गते सार्वजनिक बिदा दिईने भएको हो ।

 

गत चैत २३ गते शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिकाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो निर्णयसँगै त्यस दिन गाउँपालिकामा रहेका सरकारी तथा सार्वजनिक कार्यालय शैक्षिक संस्थाहरु लगाएतमा बिदा हुने बताइएको छ।गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो भने थुप्रै घाइते भएका थिए ।

भूकम्प गोरखा बारपाक

विशेष