प्रदेश ३ सरकारले हावाहुरीपीडितलाई १ करोड सहयोग गर्ने

प्रदेश ३ सरकारले हावाहुरीपीडितलाई १ करोड सहयोग गर्ने

हेटौंडा : प्रदेश ३ सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग रकम उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको मंगलबार बिहान बसेको प्रदेश ३ मन्त्रिपरिषद्को बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

 

सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले मन्त्रिपरिषद्का निर्णय सुनाउँदै हावाहुरी प्रभावित क्षेत्रका लागि एक करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिए। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाको विभिन्न स्थानको आइतबार मन्त्रीसहितको टोलीले निरीक्षण समेत गरेको थियो। 

 

सांसदले तीन दिनको तलब दिने

मंगलबार बिहानै बसेको प्रदेश ३ को कार्यव्यवस्था परामर्श समितिको बैठकले समेत तीन दिन बराबरको सांसद्को तलब बापतको रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको निर्णय मंगलबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार लामाले जानकारी गराउने कार्यक्रम रहेको सांसद छिरिङ दोर्जे लामाले जानकारी दिए। 

प्रदेश-३

संम्बधित खबर

विशेष