News

बोक्सीको आरोपमा एकैपरिवारका चार जनाबाट कुटिए वृद्ध दम्पति

बोक्सीको आरोपमा एकैपरिवारका चार जनाबाट कुटिए  वृद्ध दम्पति

मोरङ । बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन् । ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुछपिट गरेका हुन् । वृद्धा बेहोस भएर घटनास्थमै ढलेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । त्यसपछि वृद्धालाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार गरिएको छ । उनलाई संरक्षण दिने कोकन नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घरमा उनीहरु दुई जना मात्र बस्दै आएका थिए । आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

कुटपिट

विशेष