News

बालुवाटारको जग्गा परिवारको मात्र बाँकी

बालुवाटारको जग्गा परिवारको मात्र बाँकी

काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेस संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४ रोपनी १० आनामा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा दर्ता छ । 

अख्तियारको प्रारम्भिक छानबिनका क्रममा त्यो जग्गा सुवर्णशमशेरका हकदार रुक्मशमशेर, सुनीति राणा र शैलजा राणाका नाममा दर्ता रहेको पाइएको हो । जग्गा २०२१ सालमा सरकारले प्रतिरोपनी ५ हजार रुपैयाँका दरले मुआब्जा दिई कानुनबमोजिम अधिग्रहण गरको २८४ रोपनी १४ आना ३ दाम क्षेत्रफलभित्रै पर्छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

बालुवाटार

विशेष