खुलामञ्चका सटर भत्काउन वैशाख मसान्तसम्मको अल्टिमेटम

काठमाडौं । राजधानीको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल वैशाख मसान्तसम्म हटाउन स्थानीयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएका छन् । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीय आन्दोलित भएका हुन् ।
तोकिएको अवधिभित्र नभत्काए आफैँ भत्काउने चेतावनी स्थानीयको छ । काठमाडौं–६ का सांसद भीमसेनदास प्रधानले अतिक्रमण गरी बनाइएका सटर वैशाख मसान्तसम्म भत्काउन महानगरपालिका र सम्बन्धित ठेकेदार कम्पनीलाई अल्टिमेटम दिएको बताए । ‘खुलामञ्च अतिक्रमण गरी सार्वजनिक सम्पत्ति व्यक्तिले दोहन गरेको पाइयो, यो गैरकानुनी हो । हामीले महानगरपालिका र सम्बन्धित ठेकेदारलाई वैशाख मसान्तसम्म सबै सटर भत्काउन भनेका छौँ । तोकिएको अवधिमा नभत्किए जनता आफैँले सटर भत्काउनेछन्,’ उनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।
खुल्ला मञ्च सटर