News

डा. केसी औषधि बोकेर पुगे हावाहुरी प्रभावित क्षेत्रमा

डा. केसी औषधि बोकेर पुगे हावाहुरी प्रभावित क्षेत्रमा

बारा । चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

 

डा केसी औषधि बोकेर सोमबार राति काठमाडौंबाट प्रभावित क्षेत्रमा आएका हुन् । डा केसीले बाराको फेटामा स्वास्थ्य शिविर चलाउने छन् । हाडजोर्नी विशेषज्ञ डा. केसीले घटनामा चोटपटक लागेका तथा अन्य स्वास्थ्य समस्या देखिएका स्थानीयलाई स्वास्थ्य सेवा दिनेछन् ।
 

आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका थिए । यस्तै २ सय ८४ जना विभिन्न अस्पतालमा उपचारत छन् । घटना परी बारा र पर्साका १ हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उक्त घटनामा २९ जनाको मृत्यु भएको  छ ।

 

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबैभन्दा बढी धनजनको क्षति भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ । असिनाले बालीनालीमा क्षति पुगेको छ । टेलिफोन लाइन र विजुलीका खम्बा ढलेका छन् । हावाहुरीले घरको छाना उडाएपछि पीडित रूखमुनि पाल टाँगेर बसेका छन् । 

डा. गोविन्द केसी बारा-पर्सा हावाहुरी

विशेष