विदेश

ब्रेक्जिट सम्झौताको मस्यौदा चौथो पटक अस्वीकृत, अब बेलायतको बाटो कता ?

ब्रेक्जिट सम्झौताको मस्यौदा चौथो पटक अस्वीकृत, अब बेलायतको बाटो कता ?

एजेन्सी । प्रधानमन्त्री टेरेजा मेले प्रस्तुत गरेको ब्रेक्जिट सम्झौताको मस्यौदा चौथो पटक पनि  बेलायती संसदले अस्वीकृत गरेको छ। ब्रेक्जिटपछि सीमा शुल्क र बेलायतलाई एकल बजार बनाउनेलगायत विषयमा सहमतिका लागि आह्वान गरेको मतदानमा पनि प्रधानमन्त्री मेको प्रयास सफल हुन सकेन।

 

सो मतदान कानुनी रूपमा बाध्यकारी नभएकाले नतिजा मान्न सरकार बाध्य नहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममले उल्लेख गरेका छन्। प्रधानमन्त्री मेले युरोपेली युनियन ईयूसँग गरेको वार्तापछिका थप योजना सांसदद्वारा पटकपटक अस्वीकार भएकाले प्रधानमन्त्री मेमाथि राजनीतिक दबाब उच्च छ। ब्रेक्जिटको समयसीमा लम्ब्याउने वा सम्झौताविनै ईयूबाट बाहिरीने भन्ने विषयमा अब प्रधानमन्त्री मेले अप्रिल १२ सम्म निर्णय लिइसक्नुपर्ने छ।

 

यसअघि नै प्रधानमन्त्री मेले ईयुसँग तयार पारेको बहिर्गमन योजना समेटिएको सम्झौता संसद्‌मा तीनपटक अस्वीकृत भइसकेको छ। यतिखेर मेसँग बहिर्गमन प्रक्रियाको अवधि लम्ब्याएर नयाँ बाटो रोज्ने वा विना सम्झौता ईयु छाड्ने विषयमा निर्णय गर्त १२ एप्रिलसम्मको समयसीमा रहेको बिबिसीले उल्लेख गरेको छ।

 

ब्रेक्जिट मामिला मन्त्री स्टेफन बर्क्लेले संसद्‌मा बोल्दै 'एक मात्र विकल्प' भनेको सम्झौतासहित ईयु छाड्नु रहेको बताएका छन्। 'यदि संसद्ले यो साता उक्त सम्झौता पारित गर्न सकेमा अझै पनि युरोपेली चुनावबाट पर रहन सकिन्छ' मन्त्री स्टेफनको भनाइ ।

 

ब्रेक्जिटका बारेमा बोल्दै युरोपेली आयोगका अध्यक्ष जँ क्लड यंकरले ब्रिटेनसँग इयुको धैर्यता सकिन लागेको बताएका छन्।प्रधानमन्त्री मेले ईयुसँगको बहिर्गमन सम्झौतालाई पुनस् चौथोपटक संसद्‌मा ल्याउन सक्ने बताइएको छ।

ब्रेजिक्ट

विशेष