News

९ लाख नेपाली बेरोजगार, महिलालाई ६ हजार पारिश्रमिक कम

९ लाख नेपाली बेरोजगार, महिलालाई ६ हजार पारिश्रमिक कम

काठमाडौं । मुलुककमा बेरोजगारको संख्या ९ लाख ८ हजार छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘श्रमशक्ति सर्वेक्षेण २०७४र७५’ को प्रतिवेदनअनुसार बेरोजगारीको दर ११.४ प्रतिशत छ । मुलुकभरका १८ हजार घरपरिवारको नमुना सर्वेक्षेण गरी यो तथ्यांक सार्वजनिक गरिएको हो ।

 

सार्वजनिक भएको तथ्यांकअनुसार रोजगारीका लागि योग्य १५ वर्ष वा सोभन्दा माथिको उमेर समूह हो। सबैभन्दा बेरोजगारी सहरी क्षेत्रमै छ । सर्वेक्षेणले महिला र पुरुषको ज्यालामा विभेद देखाएको छ। सबैखाले श्रमशक्तिको औसत आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ छ। महिलाले भने १३ हजार ६ सय ६० रुपैयाँ मात्रै पाउने गरेको तयांकमा उल्लेख छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

बेरोजगार महिला

विशेष